Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालले दिने स्वास्थ्य सेवा उत्कृष्ट,उपलब्धि ७४ प्रतिशत !

लुम्बिनी प्रादेशिक अस्पतालले दिने स्वास्थ्य सेवा उत्कृष्ट,उपलब्धि ७४ प्रतिशत !

  • 6.8K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालले दिने स्वास्थ्य सेवा उत्कृष्ट,उपलब्धि ७४ प्रतिशत !

    बुटवल,पुस १२ ।

    लुम्बिनी प्रादेशिक अस्पतालले दिने स्वास्थ्य सेवा उत्कृष्ट बनेको छ । अस्पतालले न्युनतम सेवा मापदण्ड अनुसार ४९ % बाट बढाएर ७४% पुर्याउन सफल भएको हाे ।

    नेपालमा रहेका सेकेन्डरी बी लेवलका अस्पतालहरु मध्ये उत्कृष्ट भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमणले जानकारी दिए । स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पतालको न्युनतम सेवा मापदण्ड फलोअप समापन भएको छ ।

    lumbini pro.jpg

    कार्यक्रममा बाेल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमणले लुम्बिनी प्रादेशिक अस्पतालको टीमवर्कले राम्राे रिजल्ट दिईरहेको बताए । उनले भने-‘हाम्राे सरदर आयु ७१-७२ बर्ष हाे ,हामीले काम गरिरहेका ठाँउबाट कम्तिमा पनि कसैले गुनासाे नगर्ने गरी काम गराैँ,उत्कृष्ट नतिजा दिन सकिन्छ ।’

    साे अवसरमा सचिव डा. विकास देवकोटा र निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी,डा.श्रीराम तिवारी,अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई,अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकाल लगायतले बाेल्दै अस्पताललाई बिशिष्टकृत बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।

    साे अवसरमा एमएसएस फाेकल पर्सन डा. श्रीराम तिवारीले एमएसएसबारे र अस्पतालकी नर्सिङ इन्चार्ज ज्योति पौडेलले अस्पतालको काम बारेमा प्रस्तुतिकरण गरेका थिए ।

    zonal hospital.jpg

    यी समाचारहरु पनि पढाैँ:-

    लुम्बिनी प्रादेशिक अस्पतालले दिने स्वास्थ्य सेवा उत्कृष्ट,उपलब्धि ७४ प्रतिशत !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology