Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा हालसम्मकै बढी १२२१ जनामा कोरोना संक्रमण , संक्रमित ३८ हजार ५६१ पुगे

२४ घण्टामा हालसम्मकै बढी १२२१ जनामा कोरोना संक्रमण , संक्रमित ३८ हजार ५६१ पुगे

  • 3.2K
    SHARES

  • २४ घण्टामा हालसम्मकै बढी १२२१ जनामा कोरोना संक्रमण , संक्रमित ३८ हजार ५६१ पुगे


    बुटवल भदौ १४-

    पछिल्लो २४ घन्टामा नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ३४८ महिला र ८७३ जना पुरुष गरी १२२१ जना संक्रमित भएको मन्त्रालयले जानकारी दिएको हो। 

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५६१ जना पुगेको छ। 

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४२९ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ४ सय २७ पुगेको छ ।

    शनिबार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। हालसम्म २० हजार ८ सय २२ जना निको भएर घर फर्किएका छन्। यो कूल संक्रमितको ५४ प्रतिशत हो। 

    हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ छ। संस्थागत आइसोसलेनमा १० हजार ६१२ छन् भने होम आइसोलेसनमा ६ हजार ९ सय ६ जना छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology