Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देशभर थप १६७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि,निको हुने दर ९८ प्रतिशत

देशभर थप १६७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि,निको हुने दर ९८ प्रतिशत

  • 2.1K
    SHARES

  • देशभर थप १६७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि,निको हुने दर ९८ प्रतिशत

    बुटवल,पुस १० ।

    देशभर थप १६७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा सङ्क्रमण पुष्टि भएको हो । 

    यही अवधिमा थप २२६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १० हजार ४९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ९७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५८३ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ४५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ३० लाख ९५ हजार ६४७ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

    यसमध्ये ९९ लाख ८५ हजार ५६८ जनाले पूर्ण मात्रा र १ करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology