Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा हालसम्मकै बढी ४३६४ जनामा कोरोना संक्रमण,९८ हजार ६१७ पुगे संक्रमित

नेपालमा हालसम्मकै बढी ४३६४ जनामा कोरोना संक्रमण,९८ हजार ६१७ पुगे संक्रमित

  • 3.2K
    SHARES

  • नेपालमा हालसम्मकै बढी ४३६४ जनामा कोरोना संक्रमण,९८ हजार ६१७ पुगे संक्रमित

    बुटवल,असाेज २२-  

    पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण भएको छ। २४ घण्टाको अवधिमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो।

    यो सँगै देशमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ जना पुगेको छ। 

    हाल देशभर २६ हजार ६८४ जना सक्रिय संक्रमित छन्। ११ हजार ७१७ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी  होम आइसोलेसनमा छन्।

    आज १८ हजार ४७३ जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८५ जना संक्रमित भेटिएका छन्।

    काठमाडौंमा २०८५ जना, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाजागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    देशभरका कुन जिल्लामा कति संक्रमित ?

    गत २४ घण्टामा मात्र ४ हजार ३ सय ६४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ को इलाममा १२, उदयपुरमा ३२, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा ५५, ताप्लेजुङमा ६, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा २ सय ४९, संखुवासभामा ३, सोलुखुम्बुमा २ र सुनसरीमा २ सय १४ जनामा कोरोना भेटिएको छ।

    प्रदेश २ को धनुषामा २८, पर्सामा ११, बारामा १४, महोत्तरीमा ७, रौतहटमा १८, सप्तरीमा २५, सर्लाहीमा १४ र सिरहामा ४८ जनामा कोरोना पाइएको छ। 

    बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ८५ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २९, चितवनमा ६९, दोलखामा १, धादिङमा ७१, नुवाकोटमा ३, भक्तपुरमा १ सय ३५, मकवानपुरमा १०५, रामेछापमा ५, ललितपुरमा ३ सय २०, सिन्धुपाल्चोकमा १३ र सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा ११, तनहुँमा १०, नवलपरासी पूर्वमा २८, पर्वतमा १, लमजुङमा ३, बागलुङमा १२ र स्याङजामा १३ जनामा कोरोना भेटिएको छ। 

    कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँचीका २७, कपिलवस्तुका ७, गुल्मीका १८, दाङका ५५, नवलपरासीका २१, पाल्पाका २१, प्युठानका १, बर्दियाका १०, बाँकेका ५७, रोल्पाका १ र रुपन्देहीका १ सय ९९ जना छन्। 

    यस्तै, कर्णाली प्रदेशको कालीकोटमा ६, जुम्लामा ६, डोल्पामा ३, दैलेखमा ४, रुकुम पश्चिममा ५, सुर्खेतमा १ सय ६, हुम्लामा ३ र सल्यानमा ४ जनाका कोरोना भेटिएको छ। 

    सुदूरपश्चिम प्रदेशको अछाममा १०, कञ्चनपुरमा २१, कैलालीमा ७५, डडेल्धुरामा १, डोटीमा ७, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology