Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला शुरु

बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला शुरु

  • 4.1K
    SHARES

  • बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला शुरु

    बुटवल,पुस ८ । 

    बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला शुरु भएको छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा सञ्चालित मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभएको छ ।

    मेला उद्घाटन गर्दै  नगर प्रमुख सुवेदीले पुर्वाधार विकासले सम्पन्न भएका कारण बुटवल उपमहानगर लगानीमैत्री शहर बनेको बताउनुभयो ।

    नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र बिना मुलुकको  आर्थिक  बिकास र समृद्धि  सम्भव नहुने  भएकाले राष्ट्रिय पुंजीमार्फत औद्योगिकरण र ब्यापार विविधिकरणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । 

    नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले बुटवलका मुख्य ४ वटा व्यवासयिक संघसंस्था मध्ये उद्योग ब्यापार संघ कान्छो भएपनि जिम्मेवारी र सामाजिक उत्तरदायित्वमा अरु पुराना संस्था भन्दा कम नभएको बताउंदै स्थानीय,प्रदेश र संघीय सरकारले भेदभाव र पक्षपात गर्नए नहुने र गरेमा स्वीकार्य नहुने बताउनुभयो ।

    मेला आयोजक संघका अध्यक्ष गोबिन्दराज गैरेले कोभिड महामारीका कारण उद्योगी व्यवसायी मारमा परेपनि सरकारले राहत दिन नसकेको गुनासो गर्दै राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्ने माग गर्नुभयो ।

    मेला उद्घाटनका अवसरमा नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङ, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पंकज राई, माओवादी केन्द्र रुपन्देही संयोजक निर्मल जीसी, नेपाली कांग्रेसका जिल्ला सदस्य हरि अर्याल, नगर सभापति खेलराज पाण्डे, एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल  कसजू,रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनी,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले  मेला महोत्सवहरूलाइ उपभोक्तामैत्री एवं परिस्कृत र गुणस्तरीय बनाउन सुझाव दिनुभयो ।

    पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र  पर्यटनका  ४ सय ७० स्टल रहेका छन् । मेला अवधिभर  करिब ५० करोड कारोबार हुने संघका महासचिव पदम जीसीले जानकारी दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology