Logo बिहिवार, आश्विन १ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

  • 1.9K
    SHARES

  • पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

    बुटवल,पुस ८ । 

    पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ९ हजार ५१० जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र २ हजार १ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ जना गरी २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् ।

    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ भने ८ लाख ९ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ जना रहेका छन् ।

    जसमध्ये ४ हजार ९१० जना होम आइसोलेसनमा रहेका छन् भने २५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९६ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology