Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालमा निजामती कर्मचारी युनियन गठन,अध्यक्षमा पन्थी

लुम्बिनी प्रादेशिक अस्पतालमा निजामती कर्मचारी युनियन गठन,अध्यक्षमा पन्थी

  • 4.2K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालमा निजामती कर्मचारी युनियन गठन,अध्यक्षमा पन्थी

    बुटवल,पुस ८। 

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निजामती कर्मचारी युनियन गठन भएको छ । अस्पतालमा कार्यरत कर्मचारीको भेलाले  ११ सदस्यीय निजामती कर्मचारी युनियन गठन गरेको युनियन सदस्य भिम प्रसाद ज्ञवालीले नागरिक अनलाइनलाई जानकारी दिए ।

    कर्मचारी युनियनको अध्यक्षमा दयासागर पन्थी,उपाध्यक्षमा नेत्रलाल पाण्डे,सचिवमा विजयध्वज बस्नेत,सह-सचिवमा भगवती पाण्डे, कोषाध्यक्षमा सिता भट्टराई रहेका छन् ।

    सदस्यहरुमा सुरेन्द्रराज पन्त,भिम प्रसाद ज्ञवाली,हरि न्यौपाने,राकेस पासवान,भरत जंग केसी,तारा न्यौपाने रहेका छन् ।कर्मचारी युनियनको सल्लाहाकारहरुमा सुकई प्रसाद चौधरी, भागीरथ राना, सागर गौतम, गिता ज्ञवाली, बबीता बजिमय, कृष्ण बहादुर कार्की चयन भएका छन् । 

    साे अवसरमा नेपाली कांग्रेस क्षेत्र न २ का सदस्य भरत पुरी,निजामती कर्मचारी युनियनका केन्द्रिय सचिव गणेश भण्डारी,अध्यक्ष दयासागर पन्थी लगायतले बाेलेका थिए । साे कार्यक्रमको संचालन स्वास्थ्यकर्मी भिम प्रसाद ज्ञवालीले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology