Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी कांग्रेस सभापति पन्थीले गराए सडक विभागको ध्यानाकर्षण 

गुल्मी कांग्रेस सभापति पन्थीले गराए सडक विभागको ध्यानाकर्षण 

  • 2.8K
    SHARES

  • गुल्मी कांग्रेस सभापति पन्थीले गराए सडक विभागको ध्यानाकर्षण 

    गुल्मी,पुस ७।

    नेपाली कांग्रेस गुल्मीका नवनिर्वाचित सभापति खिलध्वज पन्थीले जिल्लाको रिडी-रुद्रवेणी-वामीटक्सार सडकमा पक्की पुल निर्माणको प्रक्रिया अगाडी बढाउन सडक विभागको ध्यानाकर्षण गराएका छन् । 

    सभापति पन्थीले जिल्लाको रिडी रुद्रबेणी वामीटक्सार सडकको विभिन्न स्थानमा पक्की पुलको निर्माण नहुदा त्यस क्षेत्रका नागरिकले निकै सास्ती भोग्नु परेको भन्दै छिटोभन्दा छिटो पक्की पुल निर्माणको प्रक्रिया अगाडी बढाउन सडक विभागको ध्यानाकर्षण गराएका हुन् । 

    सडक विभागका महानिर्देशक अर्जुन थापा र पुल महासाखाका प्रमुख उमेश बिन्दु श्रेष्ठलाई ध्यानाकर्षण गराउँदै सभापति पन्थीले अस्ति भर्खर कार्तिक महिनामा परेको अविरल बर्षाको कारणबाट सोही सडक खण्डमा पर्ने डहरे खोलाले सवारी साधन ९जिप० बगाएको घटनाले गुल्मी कांग्रेसलाई निकै दुखी बनाएको बताए । उनले बिगत देखि नै यस्ता घटनाहरु निरन्तर दोहोरीरहेको उल्लेख गरे । 

    सभापति पन्थीले रणनैतिक सडकमा हालसम्म भौतिक संरचना निर्माण भै सहज नहुनुले गुल्मीको समग्र विकासमा बाधा पुराइरहेको उल्लेख गर्दै उनले उक्त सडकको डहरेखोला, नादेवा खोला, भार्से खोला र गिदिखोलामा यथाशीघ्र पक्की पुल निर्माणको प्रक्रिया अगाडी बढाउन आग्रह गरे ।

    उक्त सडक खण्डमा पक्की पुल निर्माण गर्नको लागि नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले निरन्तर पहल गर्दै आएका छन् ।  सडक विभागको ध्यानाकर्षण गराउन गुल्मी कांग्रेसका सभापति पन्थीसंगै सत्यवती गाउँपालिका अध्यक्ष परिश्वर ढकाल र चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्री उपस्थित थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology