Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उपमहानगर : आवको मंसिर मसान्तसम्म २१.१९ प्रतिशत पूँजिगत खर्च

बुटवल उपमहानगर : आवको मंसिर मसान्तसम्म २१.१९ प्रतिशत पूँजिगत खर्च

  • 3.1K
    SHARES

  • बुटवल उपमहानगर : आवको मंसिर मसान्तसम्म २१.१९ प्रतिशत पूँजिगत खर्च

    बुटवल, पुस ७।

    बुटवलका अधिकांश योजना कार्यान्वयनको चरणमा पुगेका छन् ।  बुटवल उपमहागरमा भएका आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार बिकासका बारेमा जानकारी गराउँदै उनले बोलपत्र आह्वान मार्फत भएका अधिकांश योजनाहरुको सम्झौता भई कार्यान्वयनको अवस्थामा पुगेको जानकारी दिएको छ ।

    यसैगरी उपभोक्ता समितिहरु मार्फत हुने ७० प्रतिशत योजना सम्झौता भइसकेका छन् भने सम्झौता भएका योजनाहरु मध्ये ५५ प्रतिशत बढी कार्यान्वयनको तहमा पुगिसकेको बताए ।

    उपमहानगरका वित्त व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद खनालका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म २१ दशमलव १९ प्रतिशत पूँजिगत खर्च भएको छ भने २३ दशमलव ६२ प्रतिशत चालु खर्च भएको छ । यसैगरी १८ दशमलव ७५ प्रतिशत वित्तीय खर्च भएको छ ।
    महत्वपूर्ण मानिएको पूर्वाधार विकास तर्फ यातायात पूर्वाधार, भवन, आवास तथा सहरी विकास, उर्जा, संचार तथा सूचना प्रविधि र सम्पदा पूर्वाधार शिर्षकमा २५ दशमलव २९ प्रतिशत खर्च भएको छ । पूर्वाधार विकासका लागि कूल १ अर्ब, १९ करोड २६ लाख १३ हजार ७० रुपैयाँ विनियोजन भएकोमा हालसम्म ३० करोड, १५ लाख ६० हजार २५ रुपैयाँ खर्च भएको छ । ८९ करोड बढी खर्च हुन बाँकी रहेका छन् । योजनाहरु भर्खरै कार्यान्वयनको तहमा गएको र ती योजनाहरुका लागि भुक्तानी गर्न बाँकी रहेको हुँदा खर्च कम देखिएको हो ।

    महाशाखा प्रमुख खनालका अनुसार आर्थिक विकासतर्फ कृषि, उद्योग, पर्यटन, सहकारी, वित्तीय क्षेत्र, जलश्रोत तथा सिञ्चाई, पशुपन्छी विकास, भूमि व्यवस्था तथा वाणिज्य शिर्षकमा २ दशमलव २३ प्रतिशत खर्च भएको छ । आर्थिक विकासका लागि विभिन्न शिर्षकमा कूल १८ करोड ८४ लाख ५७ हजार ८५० रुपैयाँ विनियोजन भएकोमा हालसम्म ४२ लाख ५ हजार ७६१ रुपैयाँ मात्रै खर्च भएको हो ।

    यसैगरी सामाजिक विकासतर्फको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, भाषा तथा संस्कृति, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकूद र सामाजि सुरक्षा तथा संरक्षण शिर्षकमा १९ दशमलव २९ प्रतिशत खर्च भएको छ । सामाजिक विकास तर्फ चालु आर्थिक वर्ष कूल ६५ करोड ७५ लाख ७६ हजार २ सय विनियोजन भएकोमा हालसम्म १२ करोड ६८ लाख १५ हजार ७४९ रुपैयाँ मात्रै खर्च हुन सकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology