Logo बिहिवार, आश्विन १ गते २०८३
images

कालिका मानवज्ञानमा अक्षयकोषबाट ३०० विद्यार्थीलाई छात्रवृत्ति

कालिका मानवज्ञानमा अक्षयकोषबाट ३०० विद्यार्थीलाई छात्रवृत्ति

  • 1.9K
    SHARES

  • कालिका मानवज्ञानमा अक्षयकोषबाट ३०० विद्यार्थीलाई छात्रवृत्ति

    बुटवल,पुस ७।

    प्रथम जिल्ला स्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिताकोको उपाधी आयोजक कालिका मानवज्ञान माबिले जित्न सफल भएको छ ।

    रुपन्देही जिल्लाका विभिन्न ३१ विद्यालयका छात्रछात्राले ४८ वटा इभेन्ट्स मेडलका लागि भएको प्रतिस्पर्धामा ३ स्वर्ण, ६ रजत र ४ कास्य सहित १३ पदक जितेर कालिका मानव ज्ञानले रनिङ शिल्ड उचाल्न सफल भएको हो ।

    यसैगरी ३ स्वर्ण,१ रजत र ३ कास्य गरि ७ पदक सहित बुटवलको एभरेस्ट बोर्डिङ स्कुल द्वितीय र ३ स्वर्ण, १ रजत र २ कास्य सहित ६ पदक प्राप्त गरि तिलोत्तमा नगरपालिकाको कुँवरवर्ती बोर्डिङ स्कुल तृतीय भएको छ ।

    विजयी विद्यालयलाई बुधवार हुने वार्षिकोत्सब मूल समारोहमा नगद पुरस्कार र शिल्ड प्रदान गरिने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए । वार्षिकोत्सब कार्यक्रम अन्तर्गत मङलबार कालिका गायन तारा र जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएका छन् ।

    विद्यालयका स्थापित विभिन्न अक्षयकोषबाट ३०० विद्यार्थीलाई छात्रवृत्ति तथा भुपु शिक्षक र दीर्घसेवि शिक्षकलाई सम्मान गरिएको छ।कालिका मानवज्ञान मावि भूतपूर्व बिद्यार्थी समाजको आयोजनामा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ।
    विद्यालयको सेक्टर २ रामनगरमा आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदिले बुटवललाई गुणस्तरीय शिक्षाको हब बनाउन उपमहानगरपालिकाले बुटवलमा एक विद्यालय ,एकै पाठ्यक्रम ,एकै पोशाक र सुविधाको अवधारणा अघि सारेको बताए ।

    विद्यालयको ६१ औं वार्षिकोत्सब मूल समारोह पुष ७ गते कालिका मानवज्ञान मावि सेक्टर १ कालिकानगरमा हुनेछ । उक्त कार्यक्रममा कालिका रनिङ शिल्ड वितरणका साथै उत्कृष्ट शिक्षक सम्मान गरिनेछ । साथै सोही दिन रुपन्देही जिल्लामा रहि शिक्षा पत्रकारिता गर्ने २ जना पत्रकारलाई कालिका शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology