Logo बिहिवार, आश्विन १ गते २०८३
images

शिक्षक सेवा आयोगले निमावि तह,तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलायो,२५९८ शिक्षकको खाेजी

शिक्षक सेवा आयोगले निमावि तह,तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलायो,२५९८ शिक्षकको खाेजी

  • 4.9K
    SHARES

  • शिक्षक सेवा आयोगले निमावि तह,तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलायो,२५९८  शिक्षकको खाेजी

    बुटवल, पुस ७।

    शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको छ । २ हजार ५९८ शिक्षकका लागि आयोगले विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

    आयोगले माध्यमिक तहमा मंसिर २९ गते नै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ ।

    प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन हुने आयोगको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology