Logo बिहिवार, आश्विन १ गते २०८३
images

काँग्रेसमा मुस्लिमतर्फको केन्द्रीय सदस्यमा तीनै जना देउवा पक्षका निर्वाचित,रञ्जाक बने पहिलाे !

काँग्रेसमा मुस्लिमतर्फको केन्द्रीय सदस्यमा तीनै जना देउवा पक्षका निर्वाचित,रञ्जाक बने पहिलाे !

  • 2.1K
    SHARES

  • काँग्रेसमा मुस्लिमतर्फको केन्द्रीय सदस्यमा तीनै जना देउवा पक्षका निर्वाचित,रञ्जाक बने पहिलाे !

    बुटवल,पुस ६।

    नेपाली काँग्रेसको मुस्लिमतर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्विप’ पारेको छ । मुस्लिमतर्फको एक महिलासहित तीन जना केन्द्रीय सदस्यमा सबै देउवा पक्षका उम्मेदवार निर्वाचित भएका छन् ।

    मुस्लिम खुल्लातर्फ काँग्रेस रूपन्देहीका निवर्तमान सभापति समेत रहेका अब्दुल रञ्जाकले २३९० र अब्दुल सतारले २२२८ मत ल्याएर विजयी भएका छन् । दुई पदका लागि भएको १० जना उम्मेदवार थिए ।

    यस्तै महिलातर्फ जावेदा खातुन जागा १९ सय मत ल्याएर विजयी भएकी छन् । एक पदमका लागि ६ जनाबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology