Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा सि लेभल आशिष कप ब्याडमिन्टन प्रतियोगिता हुँदै,१३२ टिम सहभागी

बुटवलमा सि लेभल आशिष कप ब्याडमिन्टन प्रतियोगिता हुँदै,१३२ टिम सहभागी

  • 4.7K
    SHARES

  • बुटवलमा सि लेभल आशिष कप ब्याडमिन्टन प्रतियोगिता हुँदै,१३२ टिम सहभागी

    बुटवल,पुस ६। 

    आशिष स्टेशनरी तथा स्पोर्टस हाउसको आयोजनामा लायन्स क्लव अफ बुटवलको सहकार्यमा प्रथम लुम्बिनी प्रदेश स्तरिय सि लेभल आशिष कप ब्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ।

    देविनगरस्थित कबर्ड हलमा पुस ९ र १० गते आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरि बताएको हो।

    आशिष स्पोर्टस हाउसका संचालक आयुष श्रेष्ठले खेलकुदलाई जोडेर अभियान शुरुवात थालेको बताए। उमेर समुहका खेलाडी उत्पादन गर्न सहयोग हुने गरि प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए। प्रतियोगितामा उपाधि विजेताले नगद ३० हजार रुपैया, मेडल, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए।

    यसैगरि दोस्रो टिमले नगद २० हजार र तेस्रो हुने टिमले नगद १५ हजार सहित मेडल, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए।

    उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदयमान खेलाडीलाई विशेष पुरस्कार, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। प्रतियोगितामा १३२ टिम सहभागी हुने उनले बताए।

    लायन्स क्लबका अध्यक्ष अन्जिल खान, सल्लाहकार सन्दिप कशौधन, मुख्य एम्पायर अर्जुन कार्कीले युवा खेलाडी उत्पादनका लागि सबै सरोकारवाला एकतावद्घ भएर लाग्नुपर्ने बताए। दुई दिन संचालन हुने प्रतियोगितामा ५ लाख खर्च हुने आयोजकहरुको अनुमान छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology