काठमाडौं पुस ५।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले केपी शर्मा ओलीले अहिले पनि प्रतिगमनको बाटोमा नै अघि बढिरहेको दाबी गरेका छन्।
समाजवादी प्रेस संगठनले सोमबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले ओली अहिले पनि प्रतिगमनको बाटोमै रहेको बताएका हुन्। ‘केपी ओली अहिले पनि प्रतिगमनको बाटोमा नै छन्। सदनभित्र जे देखेर भोगिरहेका छौं त्यो प्रतिगमनकै निरन्तरता हो,’ उनले भने, ‘संविधान मिच्ने, लोकतान्त्रिक परम्परा मिच्ने, प्रतिगमन निम्त्यिाउने वातावरणतर्फ लागिरहेकै छन्।’
औलीले गरिरहेको निरन्तरको प्रयासले आफूहरु सबैलाई सर्तक हुन मद्दत गरेको उनले बताए
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)