Logo बिहिवार, आश्विन १ गते २०८३
images

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुने

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुने

  • 2.0K
    SHARES

  • आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुने

     बुटवल,पुस ५ ।

    हाल पहाडी भू-भागहरूमा आंशिक  बदली रहेको मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा उल्लेख्य मौसमी प्रणाली छैन ।

    आज देशका पहाडी भूभागमा आशिंक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सोमबार बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु-कुहिरो लाग्ने छ। दिउँसो देशका अधिकांश पहाडी भूभागमा आंशिक बदली रहने तथा अन्यत्र मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ। 

    राति देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    काठमाडौंको आज बिहानको तापक्रम ३।६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार दिउँसो काठमाडौंको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology