बुटवल, पुस ४ ।
बुटवल–२ स्थित उजिरसिंह माविको ५८ औं वार्षिकउत्सव आइतबारदेखि सुरू भएको छ । विद्यालयले एक सातासम्म विभिन्न कार्यक्रम गरी वार्षिकउत्सव मनाउँदै छ ।
आइतबार पहिलो दिन विभिन्न खेलकूदका कार्यक्रम सम्पन्न भएका छन् । खेलकूदमा विजेता विद्यार्थीलाई जिल्ला खेलकूद विकास समितिका अध्यक्ष मनोज गौचनले पुरस्कार वितरण गरे ।
त्यस्तै सोमबार साहित्यि कार्यक्रम, मंगलबार सांस्कृतिक कार्यक्रम र ७ गते मूल समारोह रहेको विद्यालयका खेलकूल शिक्षक गौतमलाल शाक्यले जानकारी दिए ।
मूल समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी सहभागी हुनेछन् । विद्यालयको भौतिक र शैक्षिक अवस्थामा धेरै सुधार आएको विद्यालयका प्रधानाध्याक पदमराज ज्ञवालीले बताए ।
विद्यालयमा १ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छना् । भने, २५ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । उजिरसिंह बुटवलमा पुरानो मध्येको विद्यालय हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)