बुटवल,पुस ४।
नेपाली काँग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना जारी छ ।
पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो। काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ ।
खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५ जना निर्वाचित हुन्छन् । शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएको थियो । मतगणनाअनुसार शशांक कोइरालाको सबैभन्दा धेरै मत रहेको छ । आजदेखि बाँकी मतगणना हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)