बुटवल,असाेज २१-
रुपन्देहीको तिलोत्तमा नगरपालिका नगर प्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनासंग मिल्दो लक्षण देखिएपछि पिसिआर चेक गराउदा कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका छन् ।
सोमबार पीसीआर जाँच गराएका नगरप्रमुख घिमिरेको आज पिसिआर रिर्पोट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएसँगै आफ्नै निजी निवासमा आइसोलेसनमा बसेको घिमिरेले बताए ।
नगर प्रमुख घिमिरेले केही दिन यता सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन र लक्षण देखिए स्वाथ्य परिक्षण गर्न आग्रह गरेका छन् ।
उता आज रुपन्देहीको सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन् ।
‘कोरोनाबाट म उपप्रमुख पनि अछुतो रहन सकिन, हाल म आफ्नै निवासमा आइसोलेशनमा बसेको छु, उनले भनिन् ।’नगरउपप्रमुख काफ्लेले केही दिन यता सम्पर्कमा रहेका सबैलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहदै कम्तीमा एक हप्ता होम क्वारेन्टाइनमा बसिदिन र ज्वरो रुघाखोकी जस्ता लक्षण देखा परेमा अविलम्ब स्वास्थ्य परीक्षण गराउन समेत आग्रह गरेकी छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)