Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पुस ८ देखि बुटवलमा चौथो ब्यापार मेला हुँदै ,३ सय स्टल दर्ता  

पुस ८ देखि बुटवलमा चौथो ब्यापार मेला हुँदै ,३ सय स्टल दर्ता  

  • 4.2K
    SHARES

  • पुस ८ देखि बुटवलमा चौथो ब्यापार मेला हुँदै ,३ सय स्टल दर्ता  

    बुटवल,पुस ३ ।

    पुस दाेस्राेसातादेखि बुटवलमा सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी तीब्र पारिएको छ ।  

    उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेलाको ६० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

    मेला सचिवालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म करिब तीन सय स्टल दर्ता भइसकेका संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए । स्वदेशी तथा विदेशी गरी  ४ सय ५० स्टल रहने मेला सम्पन्न गर्न करिब ८० लाख रुपैयां खर्च हुने र करिब ५० करोड आर्थिक कारोबार हुने  लक्ष्य रहेको अध्यक्ष गैरेले जानकारी दिए ।

    ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ मूल नाराका साथ हुने मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स (आमा नृत्य प्रतियोगिता), हरेक दिन विभिन्न विधाका राष्ट्रिय  कलाकारको प्रस्तुति, फेशन शो,निशुल्क दन्त शिविर र रक्तदान लगायतका कार्यक्रम आकर्षणको रुपमा रहने आयोजकले जनाएका छन् ।

    मुलुकको अर्थतन्त्र आयातमुखी र ब्यापारमुखी रहेको सन्दर्भमा उद्योग ब्यापार संघ बुटवलले स्थापनाकालदेखि नै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको पक्षमा वकालत र काम गर्दै आएको हुंदा औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाले स्वदेशी उद्योगका उत्पादनको बजार प्रवद्र्धन, विभिन्न खाले व्यवसाय र सेवाको बजार विस्तार तथा नयां पुस्तालाई उद्यमशील बनाउन उत्प्रेरणा दिन र अर्थतन्त्र चलायमान बनाउन पनि ठूलो भूमिका खेल्ने संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले बताए । मेलाले उद्योगी र उपभोक्तालाई एकैथलोमा जमघट गराई उद्योगहरुलाई उपभोक्तामैत्री बनाउन पुलको काम गर्ने तथा रुपन्देही र लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन र नेपाली कला संस्कृति संरक्षणमा पनि टेवा पु¥याउने संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताए  ।  

    मेलामा १५ वटा फरक फरक सेल्फी जोन, संख–घण्टसहितका पुजारी रहने गरी ११ थरि देवी देवताका मुर्ति पनि मेलामा रहने संघका महासचिव पदम जीसीले जानकारी दिए । मेलामा आउने  दर्शकलाई मास्क र स्यानिटाइजर प्रयोग अनिवार्य गरेर मात्र प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको  प्रचार प्रसार उपसमिति संयोजक जनेश पन्थीले बताए । 

    सामाजिक उत्तरदायित्व अन्तर्गत ब्यापार मेलाबाट वचत भएको रकमबाट बुटवलका विभिन्न स्थानमा सार्वजनिक शैचालय निर्माण गर्ने तथा  स्वाधीन अर्थतन्त्र निर्माणमा योगदान पु¥याउने गरी आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको प्रोत्साहनका लागि आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने संघले जनाएको छ ।

    यस्तै बुटवलको पर्यटन प्रवद्र्धनका लागि आदिमानव रामापिथेकसको बंगारा भेटिएको स्थानको पहिचान स्थापित गर्न रामापिथेकसको विशाल मुर्ति वा पाल्पाको नुवाकोटमा कर्णेल उजिरसिंहको दुई खुकुरी क्रस भएको  विशाल मुर्ति बनाउने सोंच पनि संघले बनाएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology