बुटवल,पुस ३।
नेकपा एमालेका नेता भीम रावलले आफूसँग छलफल नै नगरी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएको समाचारबाट थाहा पाएको भन्दै आपत्ति जनाएका छन् ।
शनिवार सामाजिक सञ्जालमार्फत रावलले यदि सो कुरा सत्य हो भने आफूलाई सोध्दै नसोधी कुनै पदको टिका लगाइदिनु आपत्तिजनक रहेको बताएका छन् ।
उनले टिके प्रणाली बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने बताएका छन् । रावलले भनेका छन्– ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’
शुक्रबार काठमाडौँमा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय सुनाउने क्रममा पार्टीका महासचिव शंकर पोखरेलले नीतिगत रूपमा नेता रावल पार्टीको सल्लाहकार रहने बताएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)