बुटवल,पुस २-
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २२ औँ साधारणसभा भाेलि बुटवलमा हुदैँछ । समाजको २२ औँ साधारणसभाको अवसरमा अन्तरसम्वाद कार्यक्रम समेत हुने जिल्ला सभापति डिपि खनालले बताउनुभयो ।
गुणस्तरीय सेवास्थ्य सेवा र बैज्ञानिक शिक्षा सबैको अधिकार बिषयमा अन्तरसम्बाद समेत हुनेछ । कार्यक्रममा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनाल,अन्य मानव अधिकारकर्मी तथा सराेकारवालाको सहभागिता रहने छ । बुटवलको पत्रकार महासंघको हलमा बिहान ११:१५ बजे कार्यक्रम शुरु हुने शान्ति समाज रुपन्देहीले जनाएको छ ।
सो कार्यक्रममा ५०-६० जनाको सहभागिता रहने अपेक्षा गरिएको उहाले जानकारी दिनुभयो । कार्यक्रम अवधि जम्मा डेढ घण्टाको हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)