Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको जितगढी किल्लाबाट लुम्बिनी सम्पदा साइकल यात्रा सुरु

बुटवलको जितगढी किल्लाबाट लुम्बिनी सम्पदा साइकल यात्रा सुरु

  • 2.0K
    SHARES

  • बुटवलको जितगढी किल्लाबाट लुम्बिनी सम्पदा साइकल यात्रा सुरु

    बुटवल,पुस २ । 

    ऐतिहासिक तथा विरताको गाँथा बाकेको बुटवलको जितगढी किल्लाबाट लुम्बिनी सम्पदा साइकल यात्रा सुरु भएको छ ।

    बुटवल साइकल सिटीको आयोजनामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यसहित शुक्रबार विहान यात्रा सुरु गरिएको हो ।हाम्रो सम्पदा, हाम्रो गौरव–भन्ने मूल नाराकासाथ आयोजित साइकल यात्राको शुभारम्भ गर्दै बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले पुर्खाहरुले जीत हासिल गरेको जितगढी किल्लालाई विश्वसामु परिचित गराउन सबैले आ–आफ्नोतर्फबाट भूमिका खेल्नु पर्ने बताए ।

    बुटवलको जितगढी किल्लाबाट सुरु भएको यात्राले यस क्षेत्रका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकी क्षेत्रको अबलोकन गर्ने छ । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थितीमा १५० बढी साइकयात्रीहरु सहभागी भएका छन् । यात्रामा लुम्बिनी क्षेत्रसँग जोडिएका देवदहर, रामग्राम, कपिलवस्तु, सैनामैना, तिलोत्तमा लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिने साइकल सिटीका अध्यक्ष विनोद कार्कीले जानकारी गराए ।

    यात्रा शुभारम्को अवसरमा बुटवल–३ का अध्यक्ष महेन्द्र लिगल, साइकल यात्री पुष्कर शाह, अशोक राई लगायतले बोल्दै यहाँका पर्यटकीय स्थलहरुको पहिचार र प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगन बढ्ने र आर्थिक विकासँगै रोजगार सिर्जनामा टेवा पुग्ने उल्लेख गरे ।

    जितगढीबाट यात्रा शुरु गरेका यात्रीहरुलाई बुटवलकै गोलपार्कमा बेष्ट फाईनान्स लिमीटेडले सहयोग तथा स्वागत गरेको छ । स्वागत गर्दै तिलोत्तमा नेवा मैजु खलले जुस बितरण गरेको थियो । लुम्बिनी प्रदेश भित्रका विभिन्न जिल्लाबाट ५० तथा अन्य जिल्लाहरुबाट सय बढी राइडरहरु सहभागी रहेको कार्यक्रम संयोजक बिमल बस्नेतले जानकारी गराए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology