Logo मंगलवार, श्रावण १२ गते २०८३
images

७ हजार शिक्षक पदपूर्ति गर्ने प्रक्रिया सुरु भयो : शिक्षामन्त्री पौडेल 

७ हजार शिक्षक पदपूर्ति गर्ने प्रक्रिया सुरु भयो : शिक्षामन्त्री पौडेल 

  • 3.2K
    SHARES

  • ७ हजार शिक्षक पदपूर्ति गर्ने प्रक्रिया सुरु भयो :  शिक्षामन्त्री पौडेल 

    बुटवल,पुस २ ।  

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवन्द्र पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर दरबन्दी मिलान गर्ने  कार्य मन्त्रालयले सुरु गरेको बताउनु भएको छ ।

    आज बुटवलमा कान्ती माध्यमिक विद्यालयको ६८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले १७ हजार शिक्षक पदपूर्ति गर्ने प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।

    शिक्षक सेवा आयोग मार्फत मंसिर महिनाको अन्तिम हप्तादेखि नँया दरबन्दी माग हुने बताउनु भयो ।  

    मन्त्री पौडेलले कुनै विद्यालयमा विद्यार्थीको उपस्थिती संख्या भन्दा शिक्षक दरबन्दी बढि भएको पाईएको बताउँदै यसलाई आन्तरिक दरबन्दी मिलान गर्ने बताउनु भयो ।   शिक्षक महासंघले उठाएका माग सम्बोधनको लागि शिक्षा मन्त्रालय बार्ता गर्न तयार रहेको मन्त्री पौडेलले जानकारी दिनुभयो । शिक्षकले उठाएका कतिपय मागहरु संविधान संसोधन गरेर मात्र सम्बोधन हुने बताउनुभयो । 
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology