बुटवल,पुस २ ।
नेपाली कांग्रेसको सहमहामन्त्री (महिलातर्फ) डिना उपाध्याय निर्वाचित भएकी छन् । बिहीबार सकिएको ममतगणनाले कमला पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।
सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २५३३ मत पाएकी थिइन् भने डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी पन्तले २१०५ मत मात्र पाइन् ।
पदाधिकारीमा महिलाको उपस्थिति कमजोर रहेको भन्दै उनले भोलिका दिनमा निणार्यक तहमा महिला सहभागिता बढाउन पहल गर्ने बताइन् । उनले अघि भनिन्, पदाधिकारीमा हामीले एक तिहाई हुनुपर्छ भन्ने माग हिजो पनि थियो, आज पनि छ ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)