Logo बिहिवार, आश्विन १ गते २०८३
images

पश्चिमाञ्चल यातायातमा नव निर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

पश्चिमाञ्चल यातायातमा नव निर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

  • 2.0K
    SHARES

  • पश्चिमाञ्चल यातायातमा नव निर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

    बुटवल,पुस १ । 

    भारतीय गाडीको ओभरलोड नियन्त्रण र सरकारले तय गरेको ढुवानी भाडालाई व्यवहारमा लागु नगर्दासम्म ट्रक व्यवसायीको पेशा सुरक्षित नहुने यातायात व्यवसायीहरुले बताएका छन । पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलमा नव निर्वाचित कार्यसमितिलाई विहिवार पदहस्तान्त्ररण समारोहमा वोल्ने यातायात व्यवसायीले सो कुरामा जोड दिएका हुन ।

    कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष यमप्रसाद पाण्डेले व्यवसायीको हितमा व्यवसायिक एकता कायम गरेर काम गर्ने प्रतिवद्वता जनाउनुभयो । सरकारले तोकेको भाडा ल्याउन र भारतीय ओभरलोड गाडिहरुको आगमनलाई रोक्न अग्रजहरुको सल्लाह र व्यवसायी साथिहरुसंग सहकार्य गरेर अगाडी बढ्ने अध्यक्ष पाण्डेको कथन छ ।

    कार्यक्रमका नेपाल ट्रक यातायात व्यवासायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन राना भाटले विधानलाई मानेर काम गर्न आग्रह गर्दै राज्यले तोकेको भाडा ल्याउन नसक्नु हामिहरुकै कमजोरी भएको बताउनुभयो ।व्यवसायीले पुरा भडा ल्याउनका लागि अब माल समानको अनिवार्य रुपमा विमाको व्यवस्था गनुपर्ने बताउनुभयो ।कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले व्यवसायलाई अब नयां प्रविधिको प्रयोग गरेर अगाडी बढाउनु पर्ने बताउनुभयो ।

    उहांले सरकारले तोकेको पुरा भाडा ल्याउनका लागि स्थानीय संस्थाहरु र व्यवसायी सक्रिय हुनुपर्ने बताउंदै भारतीय ओभरलोड गाडि नियन्त्रणका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य बिरेन्द्र यादव, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद खरेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पुर्व अध्यक्षहरु रामेश्वर श्रेष्ठ, गुप्तबहादुर केसी, गणेशप्रसाद पन्थ, निवर्तमान महासचिव जीतबहादुर भाट क्षेत्री, पूर्व सचिव पंकज राई, निर्वाचन आयुक्त महेन्द्रप्रसाद पाण्डे, कार्यालय प्रमुख बाबुराम अधिकारी लगायतले बोल्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

    gan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology