Logo बिहिवार, आश्विन १ गते २०८३
images

माघ दाेस्राे सातादेखि टीपीएलको चौथो संस्करण हुँदै

माघ दाेस्राे सातादेखि टीपीएलको चौथो संस्करण हुँदै

  • 2.1K
    SHARES

  • माघ दाेस्राे सातादेखि टीपीएलको चौथो संस्करण हुँदै

    बुटवल,मंसिर २९ ।

    तिलोत्तमा प्रिमियर लिग (टीपीएल) क्रिकेट प्रतियोगिताको चौँथो संस्करण माघमा हुने भएको छ । माघ ८ देखि १५ गतेसम्म  प्रतियोगिता हुने भएको हो ।

    तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने प्रतियोगितालाई तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा सर्वोत्तम सिमेन्टको मुख्य प्रयोजनमा हुने प्रतियोगिताको उपाधि विजेताले नगद ४ लाख, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने बुधबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    यसैगरि उपविजेता टिम नगद २ लाख, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत हुने छन । यसैगरि प्रतियोगितामा म्यान अफ दी सिरिजलाई २० हजार रुपैया नगद, कप, उत्कृष्ट ब्याट्समेन, बलरलाई जनही १० हजार रुपैया, इमर्जिङ प्लेयरलाई ५ हजार रुपैया तथा टिम फेयर प्ले अवार्ड नगद ४० हजार रुपैया साथै प्रत्येक खेलमा म्यान अफ दी म्याच रु १ हजार ५ सय रुपैया, कपबाट पुरस्कृत गरिने तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक भुर्तेलले बताए ।

    प्रत्येक टिमले ५ जनासम्म राष्ट्रिय खेलाडी राख्न पाउने ब्यवस्था हुने उनले बताए । त्यसको लागि पुसको १७ गते २ समुहमा अक्सन राखिएको उनले बताए ।

    तिलोत्तमास्थित नवजिवन खेलमैदानमा माघ ८ गतेदेखी १५ गतेसम्म सन्चालन हुने प्रतियोगितामा ज्ञानोदय गोल्ड, मणिग्राम किङ्स, रोयल शंकरनगर, जोभी वारियर्स, भैरहवा सुपर ११, भैरहवा बुल्स, बुटवल होराइजन, आरसि भैरहवा गरि ८ टिमले भाग लिने छन । कुल २२ लाख अनुमानित खर्च रहेको समितिका सदस्य तथा संयोजक भुपराज अधिकारीले बताए ।

    कार्यक्रममा सर्वोत्तम सिमेन्टका पश्चिमान्चल बजार ब्यवस्थापक रमेश ढकालले कोभिड संक्रमणका कारण उद्योगहरु धरासायी भैरहेको भएपनि खेल क्षेत्रमा थोरै भएपनि लगानी गरेर सामाजिक उत्तरदायित्वमा बल दिने काम गरेको बताए । कार्यक्रममा समितिका सल्लाहकार माधव अर्याल, सचिव श्रीराम नेपाली, सदस्य माधव पन्त,बाबुराम गैरेले प्रतियोगिताको बारेमा जानकारी दिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology