Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चन्द्र भण्डारीको टिप्पणी : ‘सत्ता र शक्तिका निम्ति इतिहास बोकेका परिवारका खम्बाहरु ढले !’

चन्द्र भण्डारीको टिप्पणी : ‘सत्ता र शक्तिका निम्ति इतिहास बोकेका परिवारका खम्बाहरु ढले !’

  • 3.6K
    SHARES

  • चन्द्र भण्डारीको टिप्पणी : ‘सत्ता र शक्तिका निम्ति इतिहास बोकेका परिवारका खम्बाहरु ढले !’

     बुटवल, मंसिर २९ ।

    नेपाली कांग्रेसका नेता तथा उपसभापतिका उम्मेदवार डा.चन्द्र भण्डारीले सत्ता र शक्तिका निम्ति इतिहास बोकेका परिवारका खम्बाहरु ढलेको टिप्पणी गरेका छन् ।

    महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन शेखर समूहले बुधबार आयोजना गरेको कार्यक्रममा भण्डारीले भने- ‘सत्ता र शक्तिका नित्ति कति ठूलो इतिहास बोकेको परिवारको खम्बा ढल्दा रहेछन् हात हल्लाएको तपाईंहरुले देख्नुभयो ।’

    सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए र मतदान स्थलमा पुगेर तीन नेता एकसाथ उभिएर हात हल्लाएका थिए ।

    त्यसतर्फ इंगित गर्दै भण्डारीले भने, ‘१४ औं अधिवेशनले धेरै खम्बाहरु ढलायो, अब १५ औं अधिवेशनमा कसैलाई देख्नु पर्नेछैन । कांग्रेसको जित यही हलमा छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology