Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेका ४४ मनोनित केन्द्रीय सदस्यले लिए शपथ

एमालेका ४४ मनोनित केन्द्रीय सदस्यले लिए शपथ

  • 2.0K
    SHARES

  • एमालेका ४४ मनोनित केन्द्रीय सदस्यले लिए शपथ

    बुटवल,मंसिर २९ ।

    नेकपा एमालेका मनोनित ४४ केन्द्रीय सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । शपथ लिएमा मेडिकल सञ्चालक दुर्गा प्रसाईं समेत छन् । 

    गत आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको थियो । 

    विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ । मनोनित हुने अरुमा पुरुषतर्फ दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक   र ​विषमलाल अधिकारी रहेका छन् । 


    त्यस्तै महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, शान्ति अधिकारी, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ   र गीता कार्की मनोनित भएका छन् ।​

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology