बुटवल,मंसिर २९ ।
रुपन्देहीमा प्रहरीले लागु औषध सहित दुई जना युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले देवदह नगरपालिका वार्ड २ का २५ वर्षीय दूधनाथ यादव र नवलपरासी पाल्हिनन्दन गाउँपालिका–२ का २६ वर्षीय धनेश यादवलाई लागु औषध सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय नम्बर प्लेट यूपी ५३ जेट ३५९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट फेनेरागन ५५ सीसी, नोफिन ५५ सीसी र डाइजेपाम ५५ सीसी पक्राउ गरिएको जनाएको छ।
प्रहरीले थप अनुसन्धानको लागि कानुनी प्रक्रिया सुरु गरेको प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)