Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दोस्रो चरणमा डा. शेखर कोइरालाले थपे १५३ मत,तर जितेनन् !

दोस्रो चरणमा डा. शेखर कोइरालाले थपे १५३ मत,तर जितेनन् !

  • 3.1K
    SHARES

  • दोस्रो चरणमा डा. शेखर कोइरालाले थपे १५३ मत,तर जितेनन् !

    बुटवल,मंसिर २९ ।

    सभापतिमा शेरबहादुर देउवासँग दोस्रो चरणमा पराजित भएका डा.शेखर कोइरालाले पहिलो चरणभन्दा बढी मत पाएका छन्।

    दोस्रो चरणमा एक्लै चुनावी मैदानमा भिडेका कोइरालाले शेरबहादुर देउवालाई समर्थन गरेका बिमलेन्द्र निधि र प्रकाशमान सिंहको १५३ मत मत तानेका हुन्।

    निर्वाचन समितिका अनुसार दोस्रो चुनावमा कूल ४६२३ मत खसेकामा कोइरालाले १८५५ मत ल्याएका छन्। पहिलो निर्वाचनमा उनले १७०२ म पाएका थिए। दोस्रो चरणमा कोइरालाले अघिल्लो चुनावमा भन्दा १५३ मत बढी पाएका हुन्।

    पहिलो चरणबाट बाहिरिएका तीन उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थन पाएका देउवाले दोस्रो चरणमा ४७५ मत बढी ल्याए। पहिले कूल ४६७९ मत खस्दा देउवाले २२५८ मत पाएका थिए भने अहिले २७३३ मत ल्याएका हुन्। 

    दोस्रो चरणमा ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। 

    सोमबार भएको चुनावमा सभापतिका पाँच उम्मेदवार कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि कांग्रेसको विधानअनुसार बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः गरिएको निर्वाचनमा देउवा विजयी भए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology