बुटवल,मंसिर २८ ।
भारतको नयाँ दिल्लीमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा वुटवल ९, कालिकानगरमा रहेको एम्स माध्यमिक विद्यालयका बिद्यार्थीले स्वर्ण तथा कास्य पदक जितेका छन् ।
भारतको नयाँ दिल्लीमा सम्पन्न इण्डो-नेपाल अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनशीपमा एम्सका विद्यार्थीहरु दिवस क्षेत्रीले स्वर्णपदक तथा सिद्धार्थ श्रीस र विशान्त तामाङ्ले कास्य पदक हात पारेका हुन् ।
यसैगरि वुटवल ब्ल्याकवेल्ट कमिटिद्वारा यहि मंसिर २४-२५ मा आयोजित प्रथम जिल्ला स्तरीय मेयर कप तेकवान्दो च्याम्पियनशीपमा एम्सकै विद्यार्थी दिवस क्षेत्रीले स्वर्ण पदक तथा एन्जल केसीले कास्य पदक प्राप्त गरेको विद्यालयका प्राचार्य गोविन्द शर्माले नागरिक अनलाइनलाइ बताए।
विजयी विद्यार्थीहरुलाई बिद्यालयले सम्मान गरेको छ । विद्यालयले मायाको चिनो दोसल्ला तथा ट्रफी र प्रमाणपत्र प्रदान गरेको हो । विद्यालयका शिक्षक -कर्मचारी संयोजक लंक बस्नेतको सञ्चालनमा भएको सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य गोविन्द शर्मा वस्याल,प्रवन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने,क्याम्पस प्रमुख विकास श्रेष्ठ, संयोजक विनोद शाक्य ,शैक्षिक संयोजक सुरेन्द्र थापादलगायतले बधाई दिँदै विद्यालयले सदैव विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा लागि पर्ने बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)