Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालिका मानवज्ञानको ६१ औँ वार्षिकोत्सव : जिल्लास्तरिय रनिङ शिल्ड प्रतियोगिता हुने

कालिका मानवज्ञानको ६१ औँ वार्षिकोत्सव : जिल्लास्तरिय रनिङ शिल्ड प्रतियोगिता हुने

  • 3.8K
    SHARES

  • कालिका मानवज्ञानको ६१ औँ वार्षिकोत्सव : जिल्लास्तरिय रनिङ शिल्ड प्रतियोगिता हुने

    बुटवल,मंसिर २८ ।

    कालिका मानवज्ञान माध्यमिक विद्यालयमा जिल्लास्तरिय कालिका रनिङ शिल्ड प्रतियोगिता २०७८ हुने भएको छ । विद्यालयको ६१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पुस १ गतेबाट ७ गतेसम्म खेल सप्ताह हुने भएको हो ।

    मंगलबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरि प्राध्यापक दिनेश थापाले तयारी पूरा भएको बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयासहित शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि दोस्रो टिमले ३० हजार नगद, तेस्रो टिमलाई नगद २० हजार रुपैया सहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।  छात्रछात्रा गरि दुई विद्यामा गरि कक्षा १२ सम्मका विद्यार्थीहरुले भाग लिने उनले बताए।

    छात्रछात्रा गरि ज्यावलिङ थ्रो, लङजम्प, भलिबल, कबड्डि तथा एथ्लेटिक्स ट्याकतर्फ ८ सय, १ हजार ५ सय र ३ हजार मिटर गरि १६ ईभेन्टहरुमा खेल हुने खेल संयोजक हरिस वलीले बताए ।

     कुल १६ स्वर्ण पदक, १६ कास्य र १६ रजत पदकका लागि प्रतिस्पर्धा हुने छ ।  प्रतियोगितामा ३० वटा विद्यालयका ४ सय ८० जना खेलाडीहरु ६० जना प्रशिक्षकहरु सहभागी हुने छन । यसैगरि सेक्टर २ रामनगरमा खुल्ला ५ हजार मिटर दौड, कालिका गायनकला प्रतियोगिता, विज्ञान प्रविधि प्रर्दशनी लगायत समेत हुनेछ ।

    विद्यालयमा ८ हजार विद्यार्थी अध्ययरत छन भने शिक्षक, कर्मचारी गरि ३ सय २० जना रहेका छन् ।

    kalika ma.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology