बुटवल,मंसिर २८ ।
कांग्रेस सभापति चुन्नका लागि हुने दोस्रो चरणको मतदानमा सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह ,विमलेन्द्र निधि र कल्याण गुरुङले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।
बानेश्वरस्थित आफ्नै निवासमा भएको भेटमा निधिले देउवालाई समर्थन गर्ने बचन दिएका छन् । निधिलाई भेट्नुअघि देउवाले प्रकाशमान सिंहलाई भेटेका थिए ।
सिंहले पनि देउवालाई नै समर्थन गर्ने जानकारी गराए भने २० मत पाएका कल्याण गुरुङले पनि देउवालाइ नै समर्थन गरेका छन् ।
पहिलाेचरण फाइनल मतपरिणाम :
शेर बहादुर देउवा - २२५८
डा. शेखर कोइराला - १७२९
प्रकाशमान सिहं - ३७१
विमलेन्द्र निधि - २४९
कल्याण गुरुङ - २०
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)