Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा थप ३४१ जनामा कोरोना संक्रमण, ३७६ जना निको

नेपालमा थप ३४१ जनामा कोरोना संक्रमण, ३७६ जना निको

  • 2.2K
    SHARES

  • नेपालमा थप ३४१ जनामा कोरोना संक्रमण, ३७६ जना निको

    बुटवल,मंसिर २७।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा २८ जना गरी ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ३७६ जना संक्रमणमुक्त भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ३४५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ भने ८ लाख ७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ जना रहेका छन् । जसमध्ये ५ हजार ५०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology