Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेले छान्यो सातै प्रदेशमा इन्चार्ज,लुम्बिनीमा छबिलाल विश्वकर्मा

एमालेले छान्यो सातै प्रदेशमा इन्चार्ज,लुम्बिनीमा छबिलाल विश्वकर्मा

  • 4.0K
    SHARES

  • एमालेले छान्यो  सातै प्रदेशमा इन्चार्ज,लुम्बिनीमा छबिलाल विश्वकर्मा

    बुटवल,मंसिर २६ ।

    नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले सातै प्रदेशका इन्चार्ज तोकेका हो । एमाले नेताहरुका अनुसार प्रदेश १ को इन्चार्जको जिम्मेवारी देवराज घिमिरेले पाएका छन् भने प्रदेश २ को जिम्मेवारी रघुवीर महासेठले पाएका छन् ।

    त्यसैगरी वागमतीमा काशीनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज भएका छन् ।

    आइतबारको बैठकले केही नेताहरुको कार्यविभाजन समेत गरेको छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ ।

    प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ,स्कुलमा विभागमा ज्ञवाली :

     त्यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी खगराज अधिकारी र स्कुलमा विभागको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन् । एमालेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ भएका छन् । युवा नेता योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारीमा पुगेका छन् ।
    त्यसैगरी ईश्वर पोखरेल नीति अनुसन्धान प्रतिष्ठान,युवराज ज्ञवाली स्थानीय तह प्रदेश र संघ, अष्टलक्ष्मी शाक्य राजनीतिक समन्वय,रामबहादुर थापा बादल राष्ट्रिय सुरक्षा,विष्णु पौडेल पार्टी संगठन अनुगमन, सुवास नेम्वाङ संसदीय अनुगमन, सुरेन्द्र पाण्डे राजकीय मामिला र विष्णु रिमालले आर्थिक लेखाकोे जिम्मेवारी पाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology