Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु,२० घाइते

दाङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु,२० घाइते

  • 1.9K
    SHARES

  • दाङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु,२० घाइते

    बुटवल,मंसिर २६ ।

    दाङको तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जीप सिरखोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङले  दुईजनाको घटनास्थलमा र अर्का एकजनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको  जनाएको छ ।

    मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४८ बर्षिय प्रेम प्रकाश शर्मा सोही ठाउँकी ४८ बर्षीय साउती घर्ती र २५ बर्षीय लालमति खड्का रहेका छन् ।

    आज बेलुका ४ बजेतिर तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप सिरखोलामा दुर्घटनामा परेको हो । घाइतेको केहीको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने केहीको नेपालगन्ज रेफर गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology