Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसको १४औं महाधिवेशन : सभापतिका लागि ६ जनाको उम्मेदवारी

कांग्रेसको १४औं महाधिवेशन : सभापतिका लागि ६ जनाको उम्मेदवारी

  • 2.5K
    SHARES

  • कांग्रेसको १४औं महाधिवेशन : सभापतिका लागि ६ जनाको उम्मेदवारी

    बुटवल,मंसिर २५ । 

    नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवालाई चुनौती दिन संस्थापन इतरका दुई प्यानल र स्वतन्त्र रुपमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

    १३ औँ महाधिवेशनवाट सभापति चुनिएका देउवाले पार्टीलाई विधान र विधिमा चलाउन नसकेको आरोप लगाइरहेको रामचन्द्र पौडेल पक्ष विभाजित हुँदै उम्मेदवारी दिएको छ।

    देउवालाई सभापतिमा चुनौती दिँदै शेखर कोइराला र प्रकाशमान सिंह संस्थापन इतरवाट उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी, स्वतन्त्र रुपमा कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। 

    उनीहरुले सभापतिमा टक्कर दिन नसक्ने भए पनि देउवालाई शेखर र प्रकाशमानले टक्कर दिने आशा गरेका छन्। पहिलो चरणमा हुने मतदानमा कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ। ५१ प्रतिशत मत प्राप्त हुन नसकेमा पुन मतदान हुनेछ। दोस्रो पटक हुने मतदान भने शीर्ष दुईमात्र प्रतिस्पर्धी हुनेछन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology