Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रिय अपाङ्ग महासंघद्वारा क्षमता अभिवृद्धि अभिमुखिकरण

राष्ट्रिय अपाङ्ग महासंघद्वारा क्षमता अभिवृद्धि अभिमुखिकरण

  • 1.9K
    SHARES

  • राष्ट्रिय अपाङ्ग महासंघद्वारा क्षमता अभिवृद्धि अभिमुखिकरण

    बुटवल,मंसिर २५ ।

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा तीन जिल्लाका अपाङ्गता भएका व्याक्तिहरुद्धारा सञ्चालित संघ संस्थाका पदाधिकारीहरुको लागि स्वाथ्य तथा पुर्नस्थापना सम्बन्धी  क्षमता अभिवृद्धि  अभिमुखिकरण  प्रदान गरिएको छ ।

    बुटवलमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रम दुई दिन सम्म चलेको थियो ।   विहिबारबाट सुरु भएको  कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासीका अपाङ्गता भएका  व्याक्तिहरुद्धारा सञ्चालित  संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको  सहभागीता रहेको थियो ।  

    हेन्डीक्याप ईन्टरनेशनल र युएसएआईडीको सहयोगमा तालिम भएको हो । तालिममा  राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश सचिव हुमनाथ अधिकारी, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश कार्यालय परियोजना अधिकृत  शृजना पन्थी  लम्साल र राष्ट्रिय अपाङ्ग महासंघ संघीय महासचिव राजु बस्नेत, प्रदेश सदस्य सावित्रा घिमिरे लगायतले  सहकजीकरण गरेका थिए । 

    अभिमुखिकरण उद््घाटन कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रदेश उपाध्यक्ष शारदा भट्राई, प्रदेश सदस्य सावित्रा  घिमिरे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology