Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा बिरोध प्रदर्शन गरेर शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

बुटवलमा बिरोध प्रदर्शन गरेर शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

  • 4.0K
    SHARES

  • बुटवलमा बिरोध प्रदर्शन गरेर शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

    बुटवल,मंसिर २४ । 

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको छ । समाजले बुटवलको राजमार्ग चौराहामा बिरोध प्रदर्शन गरेर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शीघ्र बहिर्गमनको माग गर्दै आधा घण्टा प्लेकार्ड प्रदर्शन गरेको हो ।मानवअधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय अत्यावश्यक भएकाले प्रधानन्यायाधीश जबराले शीघ्र राजीनामा दिनुपर्ने, नभए महाभियोग लगाउन पनि समाजले सम्वद्ध सबै दलहरूलाई आग्रह गरेको छ ।

    धर्नालाई सम्बोधन गर्दै बार काउन्सिलका सदस्य अधिबक्ता बाबुराम पाण्डेले न्यायालय शुद्धीकरणका अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाले न्यायलयको गरिमा बचाउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल,रुपन्देहीका सभापति डिपी खनाल,जिल्ला सचिव कपिल ज्ञवाली लगायतले बोल्दै अदालतबाट लोकतन्त्रको उपहास भैरहेको बताए ।

    न्यायालयको संवेदनशील विषयमा नेपालमा  दलहरु मौन रहनु उनीहरुको कमजोरी भएको बताएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology