बुटवल,असोज २०-
५ हजार घुससहित ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी नायब निरीक्षक गगन सिंह बोगटी पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले घुसरकम ५ हजार सहित अवस्थामा सोमबार साँझ उनलाई पक्राउ गरेको हो ।
प्रहरी कार्यालयमा दर्ता भएको रकम लेनदेनको उजुरी मिलाईदिने प्रयोजनको लागि भनी ईलाका प्रहरी कार्यालय लुम्बिनीका डिएसपी बोगटीले दुर्गेश यादवसँग घुस रिसवत माग गरी रकम लेनदेन भईरहेको अवस्थामा दुबै जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हाे ।
लुम्विनी सांस्कृतिक नगरपालिका -६ स्थित ग्रेण्ड कस्मो लुम्बिनी होटल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)