Logo मंगलवार, श्रावण १२ गते २०८३
images

घट्यो सुनको मूल्य, कति पुग्यो सुनको मूल्य हेर्नुहोस ?

घट्यो सुनको मूल्य, कति पुग्यो सुनको मूल्य हेर्नुहोस ?

  • 3.0K
    SHARES

  • घट्यो सुनको मूल्य, कति पुग्यो सुनको मूल्य हेर्नुहोस ?

    आज पनि सुनको मूल्य तोलामा ७ सय रुपैयाले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ सय निर्धारण गरिएको छ ।

    त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३२० रहेको महासंघले जनाएको छ ।

    केहि दिन यता नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरोलो लागेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology