बुटवल,मंसिर २३ ।
फेसबुक ग्रुप बि.एफ.डि.एमले आफ्नो चौथो बार्षिक उत्सवमा बुटवलको मेदिनि प्राथमिक बिद्यालयमा बिपन्न परिवारका बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।
सामाजिक सन्जाल फेसबुकमा करिब ४ बर्ष अगाडि स्थापना भएको युवाहरु को समूह बि.एफ.डि.एम फेसबुक ग्रुपले सामाजिक कार्य गर्दै मनाएको हाे।
मेदिनि प्राथमिक बिद्यालयमा अध्यनरत बिपन्न परिवारका करिब ८० जना बिद्यार्थीलाई शैक्षिक सामाग्रीहरु बितरणका साथै केके काटेर मनाएको हाे।
बि.एफ.डि.एमका प्रेम नाथ गौडेलको अध्यक्षता तथा बिद्यालय ब्यबस्थापनका समिति अध्यक्ष जगतप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)