बुटवल,मंसिर २३ ।
काँग्रेसको १४ औं महाधिवेशनमा लुम्बिनी प्रदेशका ६८३ प्रतिनिधिले भाग लिने भएका छन् ।
काँग्रेस निर्वाचन समितिका अनुसार गुल्मी र पाल्पाबाट ५३–५३ जना सहभागी हुने छन् । यस्तै अर्घाखाँचीबाट २६, नवलपरासीबाट ५२ तथा रुपन्देहीका ५ निर्वाचन क्षेत्रबाट गरी कुल १३१ जना प्रतिनिधि सहभागी हुनेछन् ।
यस्तै कपिलवस्तुबाट ७७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् भने रुकुम पूर्वबाट २६, रोल्पाबाट २७, प्युठानबाट २७ जना प्रतिनिधि सहभागी हुनेछन् ।
यसैगरी दाङबाट ७९ जना, बाँकेबाट पनि ७९ तथा बर्दियाबाट ५३ प्रतिनिधि सहभागी हुने निश्चित भएको छ । लुम्बिनी प्रदेशमा गएको प्रदेश निर्वाचनमा पौडेल समूह विजयी भएको थियो भने संस्थापन र इतर पक्षका प्रतिनिधिहरू बराबरी रहेको बताइन्छ ।
प्रतिनिधिभन्दा ठूलाे संख्यामा नेता कार्यकर्ता महाधिवेशनका लागि काठमाडाै जानेक्रम जारी छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)