Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नाडाको निर्वाचन : चौधरी र थापा मैदानमा,नयाँ नेतृत्व चयनका लागि मतदान जारी

नाडाको निर्वाचन : चौधरी र थापा मैदानमा,नयाँ नेतृत्व चयनका लागि मतदान जारी

  • 2.9K
    SHARES

  • नाडाको निर्वाचन : चौधरी  र थापा मैदानमा,नयाँ नेतृत्व चयनका लागि मतदान जारी

    बुटवल,मंसिर २३ ।

    नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आगामी नेतृत्वको मतदान जारी छ । होटल सोल्टीमा विहान ८ बजेदेखि भइरहेको चुनावमा दुई समूहले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन् । हिजोबाट नाडाको निर्वाचन तथा ४५ औं साधारणसभा शुरु भएको थियो ।

    नाडाको आगामी अध्यक्षको लागि सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र फोर्स मोटरको नेपालको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाको प्यानलबीच प्रतिस्पर्धा छ ।

    चौधरीले अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल र राजेन्द्र अग्रवाललाई कार्यसमिति सदस्यका लागि प्यानलमा राखेका छन् । चौधरीको सूमहमा वर्ण न्यौपाने, सुनिल रिजाल, बरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणी पाठक, र गंगाराज भट्टराई पनि सदस्यका प्रत्यासी छन् ।nada sammelan.jpg

    थापाको प्यानलमा हालका कार्य समितिमा रहेका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया पनि छन् । नमुना श्रेष्ठ, अमरज्योति रञ्जित, बीएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, प्रसाद पौडेल राजन, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बिएस कंसाकार र सञ्जय खेतान पनि थापाको प्यानलबाट कार्यासमिति सदस्यको प्रतिस्पर्धामा छन् । नाडामा ३ हजार २१६ जना मतदाता छन् ।

    दिउँसो ३ बजेसम्म मतदान सकिने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । ‘मतगणना पनि आजै शुरु हुन्छ,’ उनले भने, रातिसम्म नतिजा आउँछ ।’

    यी पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology