Logo बिहिवार, आश्विन १ गते २०८३
images

लमजुङमा विद्यार्थी बाेकेको जीप दुर्घटना,३ जनाको मृत्यु ९घाइते

लमजुङमा विद्यार्थी बाेकेको जीप दुर्घटना,३ जनाको मृत्यु ९घाइते

  • 2.0K
    SHARES

  • लमजुङमा विद्यार्थी बाेकेको जीप दुर्घटना,३ जनाको मृत्यु ९घाइते

    बुटवल,मंसिर २३ । 

    लमजुङमा जीप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

    ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका-२ मा दुर्घटना भएको हो । गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जपि दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

    ‘शिक्षक, विद्यार्थी मिलेर तीन वटा जिपमा पिस हिल भन्ने ठाउँमा शैक्षिक भ्रमणका लागि जाँदै गरेका थिए । त्यसमध्ये एउटा जिप दुर्घटना हुँदा एक जना विद्यार्थी, एक शिक्षक र एक स्थानीयको मृत्यु भएको खबर प्राप्त भएको छ,’ सीडीओ वैद्यले भने, ‘९ जना घाइते भएको र त्यसमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।’

    घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको वैद्यले बताए । घटनास्थलमा प्रहरी भइरहेको र स्थानीयले घाइतेको उद्धार गरेको उनले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology