Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै आउट,बायर्नलाई थोमसले चम्काए

पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै आउट,बायर्नलाई थोमसले चम्काए

  • 2.4K
    SHARES

  • पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै आउट,बायर्नलाई थोमसले चम्काए

    बुटवल,मंसिर २३ ।

    युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै स्पानिस क्लब बार्सिलोना बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा गएराति बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो ।

    अर्को खेलमा वेनफिकाले डिनामो किभलाई २-० ले पराजित गरेपछि बार्सिलोना समूह ई मा तेस्रो हुँदै बाहिरियो ।

    बायर्नलाई घरेलु मैदानमा जित दिलाउन थोमस मुलर, लरे साने र जमल मुसिएलाले गोल गरे ।बार्सिलोना यसअघि सन् २०००-२००१ मा समूह चरणबाटै बाहिरिएको थियो ।

    बायर्नले शतप्रतिशत जितसहित ६ खेलबाट १८ अंक जोड्यो । वेनफिका ८ अंक जोडेर समूह पविजेताको रुपमा नकआउट चरणमा पुग्यो । ६ मध्ये २ खेल जित र १ बराबरीबाट ७ अंक जोडेको बार्सिलोना तेस्रो भयो ।

    अर्को स्पानिस क्लब सेभिया पनि समूह चरणबाटै बाहिरिएको छ । समूह जीअन्तर्गत अन्तिम खेलमा साल्जवर्गसँग १-० ले पराजित भएपछि सेभिया शीर्ष दुईमा पर्न सकेन । फ्रेन्च क्लब लिल र साल्जवर्ग यस समूहबाट अन्तिम १६ मा प्रवेश गरेका छन् ।

    स्पेनबाट रियल मड्रिड र एट्लेटिको मड्रिड अन्तिम १६ मा पुगेका छन् ।

    यसैगरी माल्मोलाई १-० ले पराजित गर्दै इटालियन क्लब युभेन्ट्स समूह एच को विजेता बनेको छ । जेनिथ सेन्ट पिटर्सवर्गसँग ३-३ को बराबरी खेलेको चेल्सी समूह उपविजेता बन्यो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology