Logo बिहिवार, आश्विन १ गते २०८३
images

पश्चिमाञ्चल यातायात ब्यवसायी समितिको रूपन्देही उपाध्यक्षमा घिमिरेको उम्मेदवारी

पश्चिमाञ्चल यातायात ब्यवसायी समितिको रूपन्देही उपाध्यक्षमा घिमिरेको उम्मेदवारी

  • 4.5K
    SHARES

  • पश्चिमाञ्चल यातायात ब्यवसायी समितिको रूपन्देही उपाध्यक्षमा घिमिरेको उम्मेदवारी

    बुटवल,मंसिर २२ ।

    पश्चिमाञ्चल यातायात ब्यवसायी समितिको १२ औँ अधिवेशनमा युवा ब्यबसायी गणेश घिमिरेले रुपन्देही उपाध्यक्षमा उम्मेदबारी दिने भएका छन् ।

    समितिको  मंसिर २४ र २५ गते हुने २१ औँ साधारणसभा तथा १२ औँ अधिवेशन हुदैँछ ।   उनले टिकाराम गौतमको प्यानलबाट रुपन्देही उपाध्यक्ष पदमा उम्मेदवारी दिने नागरिक अनलाइनलाइ बताए । 

    ‘आम ब्यवसायीका साथै म युवा ब्यबसायीको पनि प्रतिनिधि हुँ,मेरा-हाम्रा योजनाहरु सार्थक बनाउनका लागि सबैको भोटको अपक्षा गरेको छु ।’उनले भने ।

    ‘अहिले उठाउँदै आएको मासिक रकम घटाउने,दुर्घटनाको केशमा दिने रकम क्षति ९०  हजार रहेको भएपनि अब डेढ लाख पुर्याउने,गाडी पल्टेर हुदा क्षतीमा २ लाखदेखि २ लाख २५ बनाउने काम गर्नेछु ।’

    ब्यबसायीको हितमा काम गर्ने एजेण्डा आफ्नो प्यानलमा रहेको उनले सुनाए ।  मालबहाक क्षमता अनुसार सवारी संचालन गर्ने ,ओभरलोड बाेकेका भारतिय गाडीलाइ पार्किङमा राखेर लाेड चेक गरेर मात्रै पठाउने, ओभरलोड कन्ट्रोल गर्ने लगायतका एजेण्डा रहेको उनले बताए । २०४२ सालमा जन्मिएका उनको परिवार पनि साे बेलादेखि नै यही ब्यबसायमा रहेको छ ।

    उनले सम्पुर्ण ब्यवसायीलाइ आफ्नो अमुल्यमत दिई टिकाराम गौतमको प्यानललाइ नै विजयी गराइदिनु समेत अनुरोध गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology