Logo बिहिवार, आश्विन १ गते २०८३
images

दलित मुक्ति संगठन रुपन्देहीको अध्यक्षमा यमबहादुर सुनार चयन

दलित मुक्ति संगठन रुपन्देहीको अध्यक्षमा यमबहादुर सुनार चयन

  • 2.1K
    SHARES

  • दलित मुक्ति संगठन रुपन्देहीको अध्यक्षमा यमबहादुर सुनार चयन

    बुटवल, मंसिर २२ । 

    नेकपा एकिकृत समाजवादी पार्टी निकटको दलित मुक्ति संगठन रुपन्देही गठन भएको छ । मंगलबार बसेको भेलाले यमबहादुर सुनारको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । 

    संगठनको उपाध्यक्षमा तेजबहादुर नेपाली, सचिवमा विनोद सुनार, उपसचिव प्रेम बराईली र कोषाध्यक्षमा सिता विक चयन भएका छन । भेलालाई सम्बोधन गर्दै दलित नेता तथा नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश सदस्य डोलेन्द्र गहतराजले सच्चा कम्यूनिष्ट दलितहरु समाजवादीमा आबद्ध हुनुपर्ने बताए ।

    उनले इतिहासदेखि नै विभेदमा परेको दलित समुदायको अधिकार संस्थागत गर्नमा दलहरु चुकेको बताए ।  भेलाललाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, लुम्बिनी प्रदेश कमिटि सदस्य लिलबहादुर विक, जिल्ला सचिव अविराम विक, दलित मुक्ति संगठनका केन्द्रीय सदस्य राम बहादुर विक लगायतले बोल्दै नवगठित कमिटिलाई बधाई तथा सफल कार्यकालको शूभकामना दिएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology