चितवन,असोज २० -
चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी जिल्ला कावासोती नगरपालिका वडा नम्बर ५ कि ७७ वर्षीय बृद्धा छन् । अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीका अनुसार ती बृद्धा निमोनिया समस्या भएर असोज १६ गते अस्पताल भर्ना भएकी थिइन् ।
उनको कोरोना परीक्षण गर्दा असोज १८ गते पोजेटिभ देखिएको थियो । ती बृद्धाको आज बिहान ३ बजेर ४५ मिनेट जांँदा मृत्यु भएको डाक्टर अधिकारीले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)