Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली कांग्रेस १४ औं महाधिवेशन : २७ मंसिरमा नयाँ नेतृत्वका लागि मतदान

नेपाली कांग्रेस १४ औं महाधिवेशन : २७ मंसिरमा नयाँ नेतृत्वका लागि मतदान

  • 3.8K
    SHARES

  • नेपाली कांग्रेस १४ औं महाधिवेशन :  २७ मंसिरमा नयाँ नेतृत्वका लागि मतदान

    बुटवल,मंसिर २२ । 

    नेपाली कांग्रेसले १४ औं महाधिवेशनको तयारी तीब्र पारेको छ ।  केन्द्रीय नयाँ नेतृत्व चयनका लागि मंसिर २४ गते काठमाडाैँमा महाधिवेशन उद्घाटन हुनेछ ।

    महाधिवेशन उद्घाटनपछि नेतृत्व चयनको प्रक्रिया शुरू हुनेछ । त्यसको लागि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कार्यतालिका प्रकाशन गरिसकेको छ । 

    कांग्रेस महाधिवेशनअन्तर्गत पहिलो दिन मंसिर २४ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मतदाताको प्रारम्भिक सूची भने प्रकाशन गरिसकेको छ ।

    निर्वाचन कार्यक्रमअनुसार २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिले बताएको छ । अरु प्रकृया सकेर २७ मंसिरमा नयाँ नेतृत्व चयनका लागि मतदान हुने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology